दफा
प्रतिष्ठान संगठित संस्था हुने
: (१) प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला स्वाशासित र संगठित संस्था हुनेछ ।
(२) प्रतिष्ठानको आफनो एउटा छुट्टै छाप हुनेछ ।
(३) प्रतिष्ठानले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न र बेचबिखन वा अन्य किसिमले बन्दोवस्त गर्न सक्नेछ ।
(४) प्रतिष्ठानले व्यक्ति सरह आफनो नामबाट नालिस उजूर गर्न र प्रतिष्ठान उपर पनि व्यक्ति सरह नालिस उजूर लाग्न सक्नेछ ।
(५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि प्रतिष्ठानको आफनो कार्य संचालन र व्यवस्थापनको सम्बन्धमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा विनियमद्वारा व्यवस्थित कार्य प्रणाली अनुसार हुनेछ ।